०२ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्वकप लिग-२

नामिबियाविरुद्ध दबाबमा नेपाल, शीर्षक्रम ब्याटिङ धराशायी

फागुन ३, २०८०
काठमाडौं
नामिबियाविरुद्ध दबाबमा नेपाल, शीर्षक्रम ब्याटिङ धराशायी

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले निकै खराब शुरूआत गरेको छ । नामिबियाविरुद्ध पहिलो ब्याटिङ पावर प्लेमा नेपालका शीर्ष क्रम ब्याटिङ धराशायी बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले शुरूआतमै चार विकेट गुमाएको हो । 

नेपालका शुरूआती ब्याटर कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । कुशल पहिलो बलमै आउट भएका थिए । अनिल ८ रन बनाएर आउट फर्किए । आसिफले ४ रन बनाए । 

१३ बल खेलेका कप्तान पौडेल १ रन बनाएर आउट भए । 

अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन् । पहिलो पावरप्लेमा २५ रन मात्रै बनाएर चार विकेट गुमाएको छ । 

नामिबियाका रुबेन ट्रम्पल्मेन र ज्याक ब्रासेलले दुई/दुई विकेट लिए ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो ।

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो । 

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।

शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्