×

NMB BANK
NIC ASIA

लिग–२ मा नेपालको हारबाट शुरूवात, नामिबियासँग ४ विकेटले पराजित

काठमाडाैं | फागुन ३, २०८०

NTC
Premier Steels

आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ मा नेपालले हारबाट आफ्नो यात्रा शुरू गरेको छ । 

Muktinath Bank

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार घरेलु टोली नेपाल आफ्नो पहिलो खेलमा नै नामिबियासँग ४ विकेटले पराजित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले ब्याटिङमा आवश्यक प्रदर्शन गर्न नसक्दा हार ब्यहोर्नुपरेको छ । नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको थियो । यो लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३१.१ ओभरमै १३४ रन बनाएर सजिलै पूरा गर्यो ।


Advertisment
Nabil box
Kumari

नामिबियाका लागि जान फ्राइलिन्सले सर्वाधिक ३४ रन बनाए । जान निकोल लोफ्टी–इटोनले अविजित ३१ रन जाेडे ।

Vianet communication

नेपालले बलिङमा पनि खराब शुरूवात गरेको थियो । अन्त्यतिर भने बलरहरू लयमा आएका थिए ।

null

यस क्रममा सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा कप्तान रोहित पौडेलले १ विकेट लिए पनि यो नेपालको जीतका लागि पर्याप्त भएन । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ८६ बल खेलेका सार्कीले दुई चौका र एक छक्का प्रहार गरे । 

गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

null

नामिबियाका लागि गेर्हार्ड इरास्मसले ५ विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेलले २–२ दुई विकेट हात पारे । 

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनोटको प्रक्रियाअन्तर्गत बिहीवारदेखि काठमाडौंमा पहिलो सिरिज शुरू भएको हो । लिग– २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका रहेका छन् ।     

आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टीम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका ४ टीमले प्लेअफ खेल्नुपर्नेछ ।

शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ ।  त्यस्तै, नेपालले ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x