
नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीका सहायक (एक पद) सन्तोषविक्रम शाह भ्रष्टचारी ठहर भएका छन् । उनलाई विशेष अदालतले बिहीवार कसुरदार ठहर गर्दै ४ वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।
अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले उक्त फैसला गरेको प्रवक्ता धनबहादुर कार्कीले बताए ।
शाहलगायतमाथि सर्लाहीको लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैंक ग्यारेन्टीका आधारमा भुक्तानी गरेको अभियोग लागेको थियो ।
सोही मुद्दाका अर्का प्रतिवादी शिवनन्दन पासवानलाई २ वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ । तर अनिल गुप्ताले भने सफाइ पाएका छन् ।