
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो ।
बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन् ।
मोहीका नाममा जग्गा व्यक्तिको नाममा लैजाने काम गरेको देखिएको भन्दै बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ ।