२४ जेठ २०८३, आइतबार

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

फागुन ३, २०८०
धनगढी
बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।
बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा तल्कोट १ कि सुस्मिता कठायतको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ  ।

 दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूमा  चालक तल्कोट ३ का राजेश कठायत र सहचालक मष्टा ५ का कमल कठायत छन् । उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत बहादुर शाहले बताए ।
उनका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जिप बिहीबार साँझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्