
जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले फागुन २४ भित्र बुझाउनुपर्नेछ ।
