२३ जेठ २०८३, शनिबार
किसान आन्दोलन

भारतमा फेरि चर्किंदै किसान आन्दोलन: आज बन्दको घोषणा

फागुन ४, २०८०
काठमाडौं
भारतमा फेरि चर्किंदै किसान आन्दोलन: आज बन्दको घोषणा

भारतमा फेरि किसान आन्दोलन चर्कँदै गएको छ । आन्दोलनरत किसानहरूले आज ग्रामिण भारत बन्दको घोषणा गरेका छन् ।

संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले बन्दको घोषणा गरेका हुन् । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरू पनि बन्द छन् ।

बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

मोर्चाले किसानका माग समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ।

बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणाको अम्बालानजिकै रोकिएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।

समाचारमा जनाइएअनुसार भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्न पूर्ण व्यवस्था गरिएको हो । 

null

यसअघि सरकारले आन्दोलित किसानहरूसँग वार्ता गरेको थियो । तर, कुनै सहमति भने हुन सकेन । आन्दोलनरत किसानसँग गएराति पाँच घण्टा वार्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

किसानहरूले उत्पादन लागतमा ५० प्रतिशत नाफा दिनुपर्ने, ऋण माफ हुनुपर्ने, स्वामिनाथन आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, दैनिक ज्याला ७०० रुपैयाँ हुनुपर्ने लगायतका माग राखेका छन् । 

यसअघि २०७७ सालमा पनि भारतका किसानहरू आन्दोलित भएका थिए । 

null

भारतमा किसान आन्दोलनको इतिहास निकै पुरानो छ । पञ्जाब, हरियाणा, बंगाल, दक्षिण तथा पश्चिम भारतमा पछिल्लो एक सय वर्षमा धेरै विरोध प्रदर्शन भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्