२९ जेठ २०८३, शुक्रबार

विश्वप्रकाशको प्रस्तावमा २ वटा नेपालको प्रसंग !

फागुन ४, २०८०
काठमाडौं
विश्वप्रकाशको प्रस्तावमा २ वटा नेपालको प्रसंग !

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमितिको बैठकको लागि तयार पारेको समसामयिक राजनीतिक प्रतिवेदनमा दुई वटा नेपालको अवधारणा अगाडि सारेका छन् ।

महासमितिमा पेश गर्ने प्रस्तावलाई छलफलका लागि केन्द्रीय समितिमा पेश गर्दै शर्माले समुन्नत नेपालको लागि गाँस्नुपर्ने भन्दै ‘दुई नेपाल’को अवधारणा अगाडि सारेका हुन् । 

‘भौगोलिक रुपमा नेपाल र मेची–महाकालीको परिधिमा छँदैछ, तर अहिले लाखौंको संख्यामा नेपाल बाहिर अर्को नेपाल विस्तारित छ जो सँग नेपाली भूगोल छैन तर नेपाली भावना भने प्रचुर रुपमा छ’, शर्माले भनेका छन्, ‘नेपालको समुन्नतिको लागि भित्र र बाहिरको दुवै नेपाललाई समन्वय गरेर जाने विषय हाम्रो साझा कार्यभार हो । गैर आवासीय नेपाली नागरिकताको टुंगोले सहज बनाउन शुरू गरेको सम्बन्धलाई मतदानको अधिकार सुनिश्चित गरेर अझ कसिलो बनाउन जरुरी छ ।’

विश्वभर फैलिएको नेपाली सीप र पुँजीलाई देशसँग गाँसेर नेपालको समुन्नतिको मिसनमा भरपर्दो अंशियार बनाउन जरुरी रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्