२४ जेठ २०८३, आइतबार

दिल्लीमा आगलागीः ११ जनाको मृत्यु, ४ घाइते

फागुन ४, २०८०
काठमाडौं
दिल्लीमा आगलागीः ११ जनाको मृत्यु, ४ घाइते

नयाँ दिल्ली–  भारतको दिल्लीमा बिहीवार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका  अधिकारीले शुक्रवार बताउन भएको छ । 

अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुर थिए । 

दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्ने कारखानामा भएको हो ।  आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रवार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो । 

नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्