२५ जेठ २०८३, सोमबार

तराईमा बिहानैदेखि हुस्सु: कस्तो रहला देशभरको मौसम ?

फागुन ५, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु: कस्तो रहला देशभरको मौसम ?

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा बिहानै हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्