
मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ५ मिलनचोक बस्ने ४१ वर्षीय रविन गुरुङ छन् । उनलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङले ती किशोरीलाई ललाईफकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका ४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।