२५ असार २०८३, बिहीबार

१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

फागुन ८, २०८०
काठमाडौं
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ । ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ । घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी यस वडाबाट गरिएको हो ।

५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले भनिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ 

वडा नं. २७ मा फोहोर वर्गीकरण गरेर माघ २१ गतेबाट टेकु ल्याउन थालिएको थियो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्ममा ४ वटा पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्