१४ असार २०८३, आइतबार

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन ८, २०८०
काठमाडौं
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार आयोगले जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत भट्टसहित तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत (तत्काल निलम्बित) ब्रम्हदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुतपविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले फरेष्टरद्वय रामरक्षा कुर्मी (चौधरी) र रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारू, सञ्जय केवट, रामगोपाल त्रिपाठी, वासुदेव गोडिया (अवकाश प्राप्त)लाई पनि प्रतिवादी बनाएको छ । 

यस्तै, तत्कालीन संयोजक/अध्यक्ष  हाल लुम्बिनी प्रदेश, निर्वाचन क्षेत्र नं ३(२) कपिलवस्तुका प्रदेश सभा सदस्य जानकीप्रसाद यादव, सञ्चालक एकनाथ घिमिरे र प्रोप्राइटर गीता जिसीविरुद्ध पनि आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष ०७४/०७५ मा ठेकेदारसमेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत समितिले गराएको थियो । सो ठेक्कामा कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको स:मिलमा बिक्री गरी अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।​​

आयोगले उनीहरूविरुद्ध फरकफरक बिगो कायम गरी बिगो बमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।​​

यस्तो छ आयोगको विज्ञप्ति

 

salt training

कमेन्ट गर्नुहोस्