पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडाैं | फागुन ८, २०८०
गत असोज ९ गते भारतको आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हान्यो ।
नेपालका डलर अर्बपति चौधरीले स्थापना गरेको सहायक कम्पनी 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालय, दौसा र सिकर लगायतका ५ स्थानमा छापा हानेर कागजात जफत गरियो ।
स्थानीय टेलिभिजन ‘सच बेधड़क’का अनुसार चौधरीको कम्पनीले ठूलो मात्रामा राजस्व छली गरेको आशंकामा विभागको अनुसन्धान शाखा गुवाहिटीका अधिकारीहरूले छापा हानेका थिए । छापाका लागि विशेष टोली नै परिचालन गरिएको थियो ।
छापा हानेर विभिन्न दस्तावेजहरू कब्जामा लिएको विभागले राजस्व छलीको प्रमाणसहित चौधरी र उनका व्यावसायिक साझेदारहरूले अन्तर्राष्ट्रिय रूपमै 'डलर अपचलन' गरेको निष्कर्ष निकाल्यो ।
चौधरीले आफ्ना साझेदारहरूसँग मिलेर नेपाल, सिंगापुर, भारत, बंगलादेश, दुबई आयरल्यान्ड हुँदै पानामालगायत विभिन्न ट्याक्स हेभन मुलुकमा रहेको अफशोर कम्पनीसम्म पैसा पुर्याउने र त्यो पैसा वैदेशिक लगानी भन्दै पुनः यिनै देशमा फिर्ता ल्याउने विश्वव्यापी अवैधानिक जालो खडा गरेको निष्कर्ष विभागको रहेको भारतीय पक्षसँग सम्पर्कमा रहेको विश्वस्त स्रोतको दाबी छ ।
त्यसपछि भारतीय राजस्व विभागअन्तर्गतको अर्को शाखा प्रवर्तन निर्देशनालय (enforcement directorate- ईडी) ले प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) लाई सम्पत्ति शुद्धीकरण र आतंकवादमा चौधरी समूहको लगानी भएको हुनसक्ने भन्दै त्यसबारे छानबिन गर्न चिठी लेख्यो ।
एफएटीएफमा ३७ देश आबद्ध छन् भने दुई विश्वव्यापी संगठन गल्फ को-अपरेसन काउन्सिल र युरोपेली युनियन पनि जोडिएका छन् । एफएटीएफले सम्पत्ति शुद्धीकरण र आतंकवादमा गरिने लगानीविरुद्ध लड्न विश्वव्यापी प्रयास गरिरहेको छ । त्यसमा नेपाल भने सदस्य छैन ।
स्रोतका अनुसार भारतीय अधिकारीहरूले एफएटीएफलाई मात्र होइन, सिंगापुर र आयरल्यान्डका अधिकारीहरूलाई पनि पत्राचार गरेका छन् ।
भारतको प्रवर्तन निर्देशनालय र अमेरिकास्थित एफएटीएफले नेपाल सरकारका एक भूतपूर्व सह–सचिवसँग सम्पर्क गरेर चौधरीका विषयमा सोधपुछ समेत गरेका थिए ।
लोकान्तरको सम्पर्कमा आएका ती पूर्व सहसचिवले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरे । विनोद चौधरीमाथि अन्तर्राष्ट्रियस्तरमै भएको छानबिनबारे लोकान्तरको प्रश्नमा उनले भने, 'मलाई केही महिनाअघि भारतको राजस्व विभागले सम्पर्क गरेको थियो । केही बुझ्नुपर्ने छ, तपाईंको अनुकूलतामा आइदिनुपर्यो भनेर अनुरोध गरे । म मेरो समय मिलाएर उनीहरूले भनेको स्थानमा गएँ । त्यहाँ ईडी र एफएटीएफका अधिकारी पनि थिए । उनीहरूले चौधरीको 'डलर सञ्जाल'बारे नेपाल सरकारलाई थाहा छ कि छैन भनेर सोधे । मैले आफू रिटायर भइसकेकाले अहिलेको अवस्था के छ भन्ने थाहा नभएको बताएँ ।'
बाँसबारी प्रकरणले देखाइदियो विनोद चौधरीको 'अन्तर्राष्ट्रिय हैसियत'
चौधरीले भारतमा आफ्नो प्रभाव निकै रहेको भन्दै बेलाबखत सामाजिक सञ्जालहरूमा देखावटी पोस्ट गर्ने गर्छन् । भारतीय व्यापारीलाई प्रभावमा पारेर त्यहाँका राजनीतिक नेताहरूसँग भेट्ने, फोटो खिच्ने र सामाजिक सञ्जालबाट शेयर गरिहाल्ने उनको प्रवृत्ति छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । गत माघ १८ गते पक्राउ परेका उनीहरूलाई त्यसको ७ दिनपछि जिल्ला अदालत काठमाडौंले हिरासतबाहिरै बसेर तारेख धाउने सुविधा दियो ।
सीआईबीले लिएको बयानमा अरुण चौधरीले दाजु विनोद चौधरीकै पहलमा १० रोपनी जग्गा च्याम्पियन फूटवेयरमातहत ल्याइएको बयान दिएका छन् । सोही बयानका आधारमा सीआईबीले विनोद चौधरीसँग पनि बयान लिने तयारी गरिरहेको छ ।
आफूमाथि सीअईबीको निगरानी रहेको थाहा पाएपछि भाइ हिरासतमुक्त हुनासाथ विनोद श्रीमती सारिका चौधरीको साथमा भारत हानिए । भारतमा उनले सबैभन्दा पहिला बाबा बागेश्वरधाम पुगेर बागेश्वरबाबा (धीरेन्द्रकृष्ण शास्त्री)लाई भेट्ने, उनीमार्फत भारतीय जनता पार्टी (बीजेपी)का प्रभावशाली नेता र मन्त्रीसम्म पुग्ने योजना बनाए ।
उक्त भेटको उद्देश्य थियो, आफ्नो मुद्दामा भारतबाट सिधै दबाब दिन लगाउने र नेपालमा आफू भारतको विश्वास पात्र भएकाले कसैले छुन नसक्ने सन्देश दिने, तर उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । शास्त्रीले समेत चौधरीलाई भेट दिएनन् ।
बागेश्वरधामका संस्थापक शास्त्री 'विवादित' धर्मगुरु हुन्, जसलाई विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीको पहलमा गत भदौ २ गते चौधरी ग्रुपद्वारा निर्मित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न भनेर ल्याइएको थियो । ५ दिनको कार्यक्रमका लागि नेपाल आएका शास्त्री २ दिनमै फर्किए । त्यसको कारण थियो, भारतीय संस्थापन पक्षको दबाब । चौधरीको पहलमा शास्त्री नेपाल त आए, तर चौधरी भारतविरोधी गतिविधिमा लागेको भन्दै भारतीय संस्थापन पक्षका अधिकारीहरूले कार्यक्रम नगर्न दबाब दिएको स्रोतको दाबी छ ।
शास्त्रीलाई भेट्ने र उनकै च्यानलबाट उच्च तहका नेता र मन्त्रीसम्म पुग्ने योजनामा ब्रेक लागेपछि श्रीमती सारिका २ दिनमै नेपाल फर्किइन् । विनोद भने दिल्लीमै बसेर उद्योगी व्यवसायीमार्फत नेता भेट्ने प्रयासमा लागे ।
असान्दर्भिक तस्वीर राखेर सामाजिक सञ्जालमा भ्रम
नेपाल फर्केपछि सारिकाले सामाजिक सञ्जाल फेसबूकमा शास्त्रीसँग उभिएको तस्वीर शेयर गरिन् । निकै पहिला अन्य कुनै सन्दर्भमा खिचिएको तस्वीरलाई सारिकाले ठीक यही बेला पोस्ट गर्नुको अन्तर्य पनि नेपालमा 'शक्ति' देखाउनु रहेको स्रोतको दाबी छ ।
सारिका स्वयंले उक्त तस्वीर आफूहरू भारत जाँदा खिचेको दाबी गरेकी छैनन् । उनले लेखेकी छन्, 'जय श्री राम - सत्य विजय भव - जय सनातन धर्म ।
यसरी असान्दर्भिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर आममानिसलाई दिग्भ्रमित बनाउने काम चौधरी परिवारका अन्य सदस्यले पनि गरिरहेका छन् । यसको अर्को उदाहरण हो, विनोदका छोरा निर्वाण चौधरीले जनवरी १६ तारिखका दिन सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा गरेको एक पोस्ट ।
भारतका प्रतिष्ठित व्यापारी र उद्योगपति गौतम अडानीसँग अन्य कुनै सन्दर्भमा खिचेको फोटो पोस्ट गर्दै निर्वाणले लेखेका छन्, 'श्री गौतम अडानी सरसँगको सदाझैँको आनन्ददायी भेट, दूरदर्शी र एसियालाई विश्वमा लैजाने उद्यमी ।'
उनले यो तस्वीर पोस्ट गरेको केही दिनअघि अडानीका केही प्रतिनिधि नेपाल आएका थिए, तर अडानी स्वयं आएका थिएनन् ।
अडानी समूहका प्रतिनिधिले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई भेटेर चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा सञ्चालन गर्ने क्यानको प्रस्तावबारे छलफल गरेका थिए ।
तर, निर्वाणले चौधरी समूहमार्फत अडानीले नेपालको विमानस्थल सञ्चालन गर्न खोजेको आशय दिने गरी अडानीसँगको पुरानो फोटो एक्समा सार्वजनिक गरेका थिए ।
उता सारिका नेपाल फर्केपछि विनोद भारतका एक व्यवसायीलाई प्रभावमा पारेर केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेट्न सफल भए । उनले तुरुन्तै उक्त तस्वीर फेसबूकमार्फत सार्वजनिक गरे ।
दिल्लीस्थित शेखावतको निवासमा सामान्य कुराकानी भएको र चौधरीको जोडबलमा ती व्यवसायीले फोटो खिचिदिएको स्रोतको दाबी छ । तर, चौधरी त्यहाँ करिब ५ मिनेट मात्र बसेर बाहिरिएका थिए । तर, उनले गण्डकको बाढी समस्याबारे कुरा भएको र भारतीय पक्ष समस्या समाधानमा सकारात्मक रहेको 'झुटो' क्याप्सन लेखेका छन् । यस्ता विषय परराष्ट्रको औपचारिक च्यानलमार्फत मात्र जाने गर्छन् । चौधरीको दाबी 'झुटो' रहेको यसैले पनि पुष्टि गर्छ ।
विनोद चौधरी भेट्ने मन्त्रीलाई स्पष्टीकरण!
स्रोत भन्छ, 'कुनै बेला भारतको विश्वास पात्र साखुल्ले बनेको भनिएका विनोद चौधरीका लागि पछिल्लो समय सत्तारुढ बीजेपीका नेताहरूको ढोका पूर्णरूपमा बन्द छ ।'
जब मन्त्री शेखावतले चौधरीलाई भेट दिएको सूचना बीजेपी हेडक्वार्टरमा पुग्यो, त्यसले सानोतिनो हङ्गामा नै मच्चियो । गृहमन्त्री अमित शाहले शेखावतलाई तुरुन्त आफ्नो कार्यकक्षमा बोलाएर चौधरीलाई किन भेटेको भन्दै झपारेको स्रोतको दाबी छ ।
शेखावतले आफूनिकटको कुनै व्यवसायीले चौधरीलाई ल्याएपछि आफूले नाईं भन्न नसकेको जवाफ दिएका थिए । त्यसपछि शाहले चौधरी र उनका गतिविधिमाथि छानबिन चलिरहेकाले टाढै रहन सचेत गराएका थिए ।
भारतमार्फत नेपाल सरकार र सीआईबीलाई दबाब दिने चौधरीको प्रयास यतिबेला खेर गएको छ । बीजेपीका नेता र बीजेपीनिकट उद्योगी व्यवसायीले चौधरीका लागि आफ्नो ढोका पूर्णरूपमा बन्द गरेका छन् ।
स्रोतका अनुसार एक वर्षदेखि चौधरीको सम्पर्क नेपालस्थित भारतीय राजदूतावाससँग पनि छैन । चौधरीले दूतावासका 'फर्स्ट सेक्रेटरी' नविन कुमारलाई पटक–पटक फोन गरे पनि कुराकानी हुन नसकेको स्रोतको दाबी छ । अरुण पक्राउ परेपछि विनोद दूतावासमै पुगेको तर नविनले आफू व्यस्त रहेकाले 'एपोइन्टमेन्ट' लिएर मात्र आउन भनेपछि उनी कालो मुख लिएर फर्किएको स्रोतको दाबी छ ।
यसकारण बिग्रियो सम्बन्ध
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिँदा विनोद चौधरीलाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । त्यतिबेलासम्म बीजेपीसँग चौधरीको सम्बन्ध ठीकै थियो । तर, कुरा बिग्रियो कोभिडकालमा । २०२० को मध्यतिर सीजी कार्प ग्लोबलले चिनियाँ कम्पनी हुवावेसँग एउटा गोप्य एमओयू गर्यो । नेपालमा ५ जीसम्बन्धी ठेक्काको जिम्मा सीजी कार्पले लिने गरी भएको उक्त सम्झौताअनुसार हुवावेको नेपालस्थित एजेन्ट सीजी बन्न पुग्यो ।
अहिले ५ जी परीक्षणका लागि काठमाडौं, पोखरा, वीरगञ्ज र विराटनगरमा बीटीएस टावर बनाइएको छ । ५ जीका लागि चिनियाँ प्रविधि ल्याइएको भन्दै भारत र अमेरिकाले दबाब दिएका कारण हालसम्म त्यसको परीक्षण हुन सकेको छैन ।
चौधरीसँग भारतको संस्थापन पक्ष यही प्रक्रियाकै कारण रुष्ट छ ।
अझ वीरगञ्ज र विराटनगरका टावरले नेपालसँग सीमा जोडिएका भारतीय भूभागका डिजिटल तथ्यांक एक्सेस गर्ने भन्दै भारतले लिखित आपत्ति नै जनाएको नेपाल टेलिकमका एक कर्मचारी बताउँछन् ।
चौधरीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पारेर यसबारे निर्णय गराएका थिए । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उक्त निर्णय सुटुक्क खारेज गरेका छन् ।
नेपालका संवेदनशील आयोजनाहरूमा भारतलाई जबरजस्ती मुछ्न खोज्ने तर चीनसँग लहसिने चौधरीको पछिल्लो स्वभावका कारण भारत रुष्ट बनेको स्रोतको दाबी छ ।
हुवावेले नेपालमा खोल्न खोजेको 'युनिफाइड डाटा सेन्टर'मा पनि चौधरीकै चहल-पहल देखेपछि भारत थप झस्किएको छ । यद्यपि त्यसबारे सरकारी स्तरबाट कुनै निर्णय भएको छैन ।
चौधरी र ज्याक मा'कनेक्सन'
गत असार १२ गते विनोद चौधरीकै पहलमा चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा अचानक नेपाल आए । उनी नेपाल आउनुको उद्देश्य र भेटघाटबारे निकै कम सूचना मात्र सार्वजनिक गरियो ।
चौधरी समूहमार्फत २०७२ सालका भूकम्पपीडितलाई १ हजार घर बनाइदिने प्रतिबद्धता ज्याक माले त्यतिबेलै सार्वजनिक गरेका थिए । सोही उद्देश्यका लागि उनी नेपाल आएको हुन सक्ने आकलन गरियो । उनीहरू दुईबीच चितवनको मेघौलीमा भेट भएको दाबी गरिए पनि चौधरीले ज्याक मासँग भेटेको तस्वीर भने सार्वजनिक गरेनन् । बरु उनले अक्टोबर १७, २०१९ मा मासँग सिंगापुरमा भेटेको तस्वीर आफ्नो फेसबूक वालमा शेयर गरेका छन् ।
चौधरीका यी गतिविधिलाई भारतले गम्भीर रूपमा लिएको देखिन्छ । पछिल्लो समय भारतस्थित चर्चित ताज ग्रुप अफ होटलमा रहेको चौधरीको शेयर जफत गर्नेबारे पनि भारतमा कुरा उठेको छ ।
स्रोतले भन्यो, 'या तिम्रो शेयर अरू कसैलाई बेच, नत्र जफत हुनसक्छ भनेर चौधरीलाई ताज समूहले चेतावनी दिएको छ । चौधरी त्यो शेयर अरू कसैलाई बेच्ने गृहकार्यमा छन् ।'
ताज समूहको सहकार्यमा विनोद चौधरीले श्रीलंकामा 'ताज समुद्र कोलम्बो', माल्दिभ्समा 'ताज एक्जोटिका रिसोर्ट्स एन्ड स्पा' र 'भिभान्ता बाइ ताज-कोरल रिफ' होटल चलाइरहेको छ ।
मेघौलीमा सञ्चालनमा रहेको मेघौली सराई रिसोर्टमा पनि ताज समूहको व्यवस्थापन छ ।
हेर्नुहोस्, सम्बन्धित समाचार :
बाँसबारी मात्र हैन राजधानीकै अन्य स्थानमा विनोद चौधरीले हडपे जग्गा, बयान छल्न देशबाहिर [भाग ६]
बयान छल्न अनेक तिकडम गर्दै विनोद चौधरी, जसरी पनि बोलाउने सीआईबीको तयारी [भाग- ५]
चौधरी समूहले जालसाजी गरेर हडपेको जग्गाको मूल्य झण्डै २ अर्ब [भाग- ४ ड्रोन भिडियोसहित]
ललितानिवासमा स्थापित तथ्य : बाँसबारी जग्गा घोटालामा विनोद चौधरी उम्किने ठाउँ छैन [भाग- ३]
बाँसबारीको जग्गा हडप्दा शेयरमा अरुण बराबरकै हिस्सेदार थिए विनोद चौधरी [प्रमाणसहित] भाग- २
बाँसबारी जग्गा प्रकरण– हडपेको जग्गा भाइलाई सुम्पेर विनोद चौधरी उम्किन मिल्छ ? [भाग- १]
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...