×

NMB BANK
NIC ASIA

‘महाजात्रा’ टिजर : एक गाडी पैसा लुकाउँदा आइपर्ने समस्याको कथा

काठमाडाैं | फागुन ९, २०८०

NTC
Premier Steels

निर्माण घोषणादेखि नै चर्चामा रहेको नेपाली फिल्म ‘महाजात्रा’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । 

Muktinath Bank

सार्वजनिक १ मिनेट १२ सेकेन्ड अवधिको टिजरमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई देखाइएको छ । अभिनेता राजाराम पौडेलको पात्रले तीन प्रमुख पात्रलाई एक गाडी पैसा १० दिनका लागि लुकाउन र त्यसबापत ३०–३० लाख रुपैयाँ दिने वचन दिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको आग्रहअनुसार नै पैसा लुकाउँदा विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको पात्रले गर्नुपर्ने विभिन्न संघर्ष फिल्मको कथा रहेको टिजरबाट आँकलन गर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

प्रदीप भट्टराई लिखित एवं निर्देशित यो फिल्म ‘जात्रा’ तेस्रो शृङ्खलाका रुपमा निर्माण भएको हो । 

Vianet communication

फिल्ममा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेलसहित वर्षा राउत, अरविन खड्कासँगै यसपटक वरिष्ठ अभिनेता हरिवंश आचार्य थपिएका छन् । प्रवीण खतिवडा, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अर्जुनजंग शाही, सुमन कार्की लगायतको समेत फिल्ममा अभिनय छ । 

फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । 

षट्कोण आर्टसको प्रस्तुति रहेको फिल्ममा रविन्द्र सिंह बानियाँ फिल्मको कार्यकारी निर्माताका रुपमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x