२८ असार २०८३, आइतबार
आईसीसी क्रिकेट 'लिग टु'

नामिबियाविरुद्ध फेरि चलेन ब्याटिङ, नेपाल १६८ रनमै अलआउट

फागुन ९, २०८०
काठमाडौं
नामिबियाविरुद्ध फेरि चलेन ब्याटिङ, नेपाल १६८ रनमै अलआउट

आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपाल नामिबियाविरुद्ध १६८ रनमै अलआउट भएको  छ । 

टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभरमा अलआउट भएको हो । 

नामिबियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल १६९ रनको सामान्य लक्ष्य दिएको हो ।  

पहिलो खेलमा पनि नेपालले टस हार्दै ब्याटिङ गर्दा १३३ रनको लक्ष्य दिँदा पराजित हुन पुगेको थियो । 

दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध शानदार ९ विकेटको जीत दर्ता गरे पनि तेस्रो खेलमा नेपाल फेरि कमजोर देखिएको हो । 

नेपालको लागि आशिफ शेखले ६४ बलमा सर्वाधिक ५८ रन बनाए । 

 लगातार तीन विकेट गुमाउँदा दबाबमा देखिएको छ । कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए । 

नेपाललाई कम रनमा समेट्न नामिबियाका लागि बर्नाड स्कोल्टस्ले १० ओभरमा ३१ रन दिँदा ४ विकेट लिए । 

जान लिकोनले ३ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्