३१ असार २०८३, बुधबार
बेथितिका अनेक रूप

स्थानीय तहमा बेथिति : कतै वडाध्यक्षलाई अल्लोको कोट, कतै भत्ता लिन कीर्ते हस्ताक्षर

फागुन ९, २०८०
काठमाडौं
स्थानीय तहमा बेथिति : कतै वडाध्यक्षलाई अल्लोको कोट, कतै भत्ता लिन कीर्ते हस्ताक्षर

सुनसरीको बराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष मेयर कप फूटबल प्रतियोगिता गर्दै आएको छ ।

स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको प्रतियोगिता यसपालि माघ दोस्रो साता आयोजना गरिएको थियो । मेयर कपका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

नगरको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सकिएपछि वडाध्यक्षहरूलाई मायाको चिनो बाँडियो । 

मायाको चिनो थियो, संखुवासभाबाट किनेर ल्याइएको अल्लोको कोट । नगर खेलकुद विकास समितिको संयोजकमा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य छन् । 

मेयर कपमा वडाध्यक्षहरूलाई कोट बाँडिएपछि अहिले चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालभरि खेलकुद विकास समिति र नगरपालिकाको विरोध भएको छ ।

खेलाडी उत्पादनका नाममा वडाध्यक्षलाई मायाको चिनो बाँडिएको भन्दै स्थानीयले विरोध गर्न थालेका हुन् । 

खेलकुद समितिका संयोजकसमेत रहेका वडाध्यक्ष आचार्यले भने मायाको चिनो दिँदा अनावश्यक विरोध भइरहेको तर्क गरे । 

‘कार्यपालिका बैठकमा पनि सजिलो होस् भनेर नेपालमै उत्पादन भएको अल्लोको कोट मायाको चिनोस्वरूप दिएको हो,’ वडाध्यक्ष कार्कीले भने, ‘भत्ताबाट सिलाएर लाउनुहोस् भनेको छु । शिशाको फ्रेममा पशुपतिलगायत अन्य क्षेत्रका मठमन्दिरको तस्बिर दिनुभन्दा संखुवासभाका महिला दिदीबहिनीहरूले दुःखले बुनेको अल्लोको कपडा दिएका हौै ।’ 

मेयर/उपमेयरलाई भने मायाको चिनो स्वरूप खुकुरी दिइएको उनले बताए । राम्रो कामको चर्चा नभएको भन्दै उनले गुनासो गरे । धरानबाहेक कसैले लिग फूटबल गर्न नसकिरहेका बेला आफूले गरेको उनको दाबी छ । उनी सप्तकोशी युवा क्लबका अध्यक्ष पनि हुन् ।

‘हामीले वसन्त ऋतु माविको खेल मैदानमा त्यत्रो लिग गरायौं । युवा क्लबबाट खेल्ने ५/६ जना आर्मीमा प्रवेश गरेका छन्,’ उनले भने, ‘यस्ता कुराचाहिँ कसैले बुझिदिँदैनन् । मायाको चिनोको विषयमा चर्चा गरेको देख्दा अचम्म लागेर आउँछ ।’ 

उनले चाँडै खर्च विवरण सार्वजनिक गर्नेसमेत बताए ।

कोट पाउने वडाध्यक्षहरूले भने खुशी व्यक्त गरेका छन् । 

वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले मायाको चिनो पाउँदा खुशी लागेको बताए  । 

यस्तै वडा नम्बर ११ का वडाध्यक्ष कृष्णकुमार महतोले पनि मायाको चिनो दिँदा अनावश्यक हल्ला गर्नु गलत भएको बताए । 

०००

मोरङको बेलबारी नगरपालिकास्थित श्रमिक महिला समाजले प्रशिक्षार्थीको कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी माग गरेको पाइएको छ । 

श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा पुस १६ गते महिला हिंसाविरुद्धको तालिममा सहभागीहरूको कीर्ते हस्ताक्षर गरेको खुलेको हो ।

यो संस्थाले बेलबारी नगरपालिकाका १, ३, ८, ९, १० र ११ नं. वडामा कार्यक्रम गरेको थियो । 

एकदिने तालिममा प्रशिक्षार्थीलाई यातायात तथा खाजा खर्च २०० रुपैयाँ दिएको कीर्ते कागज र कीर्ते हस्ताक्षर गरेर श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा ११ हजार ४०० रुपैयाँ रकम भुक्तानी गर्न कागज पेश गरेको पाइएको हो ।

बिजुली मालपोत टोल विकास संस्थाका ५७ जना प्रशिक्षार्थीहरूले बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, उपमेयर नीतु थापा कोइराला र प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाललाई गत बिहीबार ध्यानाकर्षण पत्र बुझाएका छन् । भत्ता पनि नपाएको र आफूहरूले हस्ताक्षर पनि नगरेको भन्दै स्थानीय महिलाले विरोध गरेका हुन् । 

null

null

null

null

वडाले सहभागी पठाइदिनु भन्ने पत्र पठाएपछि सहभागी पठाइएको मालपोत टोल विकास संस्थाका अध्यक्ष चुणामणि अधिकारीले बताए । ‘म वडामा व्यक्तिगत काम लिएर गएको थिएँ । त्यही कार्यक्रमको बिल भरपाई प्रमाणित गरेर वडा सचिवले नगरपालिकामा पठाउन लाग्नुभएको रहेछ । मैले उपस्थिति र भत्ता बुझेको हस्ताक्षर हेरौँ भनेर हेर्दा हस्ताक्षर फरक देखिएपछि रोक्न लगाएँ,’ उनले भने ।

अध्यक्ष अधिकारीले भत्ता जनही २ सय मात्रै भए पनि बेतिथि भएकाले खबरदारी गरेको बताए ।

यता बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले घटनाको छानबिन गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्