२२ जेठ २०८३, शुक्रबार

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

कात्तिक २०, २०७४
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँ, २२ असोज - बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फर्ममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।fire

काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फर्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो ।

फर्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा आएको वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीले जानकारी दिए । आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको फर्मका सञ्चालक हृदयनारायणप्रसाद कुशवाहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्