×

NMB BANK
NIC ASIA

क्रेमलिनका आलोचकले आमालाई बुझाए नाभाल्नीको शव

काठमाडाैं | फागुन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मस्को–रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सीएनएनले बताएको छ ।

Muktinath Bank

सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भनेका छन्, ‘एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।’ उनका अनुसार नाभाल्नीको शव राखिएको आर्कटिक शहर सालेकहार्डमा उहाँकी आमा ल्युडमिला नाभाल्नाया अझै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सीएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस रेको र करिब तुरुन्तै बेहोश भएको बताएको छ । 


Advertisment
Nabil box
Kumari

यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताए । ‘परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन् हामीलाई थाहा छैन,’ उनले भने, ‘खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ ।’

Vianet communication
Laxmi Bank

नाभाल्नीको परिवार र सहकर्मीहरूले उनको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ । 

एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उनको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाएकी छिन् । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सीएनएनले बताएको छ । 

पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उनको शव दिन अनुरोध गरिरहेको थियो । नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्डको भ्रमण गरेकी थिइन् । यद्यपि उनको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए । 

यसैबीच एलेक्सी नाभाल्नीकी श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । युलिया नाभाल्नाया र दशा नाभाल्नायासँगको भेटका क्रममा बाइडेनले कारागारमा रुसी नेताको मृत्युपछि ‘हार्दिक समवेदना’ व्यक्त गरे । उनले एलेक्सीलाई असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उनको विरासतको प्रशंसा गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेनले एलेक्सी नाभाल्नीको असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासत र कानूनी शासन सबैका लागि समानरूपमा लागु हुने एक स्वतन्त्र तथा लोकतान्त्रिक रुसका लागि प्रशंसा व्यक्त गर्नुभयो ।’

बाइडेनले एलेक्सीको विरासत रुस र विश्वभरका मानिसले उहाँको क्षतिमा शोक मनाउने र स्वतन्त्रता, लोकतन्त्र तथा मानवअधिकारहरूका लागि लड्ने माध्यमबाट जारी राख्नेमा जोड दिएका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ह्वाइट हाउस प्रशासनले एलेक्सीको मृत्यु, रुसको दमन र आक्रामकता तथा युक्रेनमा रुसको क्रुर र अवैध युद्धको जवाफमा भोलि रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x