२८ जेठ २०८३, बिहीबार

‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला

फागुन १४, २०८०
काठमाडौं
‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला

काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।

यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।  

यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने झाको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्