३० जेठ २०८३, शनिबार

आज मगर एकता दिवस मनाइँदै, नवलपरासीका स्थानीय तहले दिए बिदा

फागुन १५, २०८०
नवलपरासी
आज मगर एकता दिवस मनाइँदै, नवलपरासीका स्थानीय तहले दिए बिदा

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष  इन्द्र फालमगरले बताए।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सङ्घको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्