२२ जेठ २०८३, शुक्रबार

केपी ओलीले विद्यालय भवन उद्‌घाटन गर्ने भएपछि मेयरले गरे कार्यक्रम स्थगित !

फागुन १५, २०८०
विराटनगर
केपी ओलीले विद्यालय भवन उद्‌घाटन गर्ने भएपछि मेयरले गरे कार्यक्रम स्थगित !

सुनसरीको इटहरी ४ मा रहेको बुढीगंगा महादेव माध्यमिक विद्यालय भवन उद्‌घाटनको विषयमा विवाद चुलिएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम राखेपछि इटहरी उप-महानगरपालिकाले कार्यक्रम स्थगित भएको सूचना जारी गरेको छ ।

पूर्व प्रधानमन्त्रीलाई स्थगन गर्न सके आफैं प्रमुख अतिथि भएर उद्‌घाटन गर्नका लागि मेयर लागि परेका नेकपा एमाले सुनसरीका अध्यक्षसमेत रहेका कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको आरोप रहेको छ ।

पूर्व प्रधानमन्त्रीलाई छेकेर शिलालेखमा आफ्नै नाम लेखाउने भन्दा मेयरको अन्य कुनै उद्देश्य नरहेको भण्डारीको आरोप रहेको छ । ‘ओली प्रधानमन्त्री भएका बेला नमूना विद्यालय बनाउने उद्देश्यले १६ करोड बजेट विनियोजन गर्नु भएको थियो’, उनले भने ‘आफैले बजेट विनियोजन गरेको विद्यालयमा उहाँले आउने इच्छा राखेपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर मेयरलाई समेत जानकारी गराएको रहेछ ।’ 

नेकपा एमाले सुनसरीले इनरुवामा राखेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली भोलि सुनसरीमा आउँदै छन् ।

null

यही मौका छोपेर एमालेले विद्यालयको उद्‌घाटन गर्न लागेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर राई र प्रधानाध्यापक हरिशंकर घिमिरे दुवै जना एमालेका हुन् ।

ओलीलाई ल्याएर भवन उद्‌घाटन गर्ने जानकारी पाएपछि मेयर पौडेलले तयारी पूरा नभएको भन्दै कार्यक्रम स्थगित भएको सूचना जारी गरेका छन् । 

विद्यालय स्थानीय सरकार मातहत सञ्चालन हुने भए पनि मेयरको निर्देशन अवज्ञा गर्दै व्यवस्थापन समितिले कार्यक्रम गर्ने भएपछि विवाद चुलिँदै गएको छ ।

मेयर पौडेलले कार्यपालिकाको निर्णय भन्दै कार्यक्रम स्थगित गर्न विद्यालयलाई पत्र नै पठाएका छन् ।

भवन निर्माणको काम सम्पन्न नभएको भन्दै उद्‌घाटन कार्यक्रम स्थगित गर्न उनले सोमवार पत्र पठाएका थिए ।

‘ठेकेदारको दुई करोड भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी नगरी उद्‌घाटन नगरौं भनेर मेयर शाव'ले भन्नु भएको हो’, मेयर पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले भने, ‘पूर्व प्रधानमन्त्रीले उद्‌घाटन गरे पनि निर्माणको काम ता सकिनु पर्‍यो नि ।’

पुरीले मेयर पौडेल विद्यालय उद्‌घाटन कार्यक्रममा नजाने बताए ।

इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्तर्गत छात्रावाससहितको सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्