×

NMB BANK
NIC ASIA

एमालेको आश्वासनपछि अडानमा माओवादी

राष्ट्रिय सभा अध्यक्षको चुनावले सत्ता गठबन्धनमा हलचल ल्याउने संकेत !

काठमाडाैं | फागुन १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरिरहेका बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ । 

Muktinath Bank

नेपाली कांग्रेसले महासमितिबाट अर्को चुनावमा गठबन्धन नगर्ने गरी दस्तावेज पारित भएसँगै रिसाएको माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको । यो निर्णयपछि पछिल्लो एक वर्षदेखि जारी कांग्रेस–माओवादी गठबन्धनमा खटपट आउने संकेत देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीको बुधबार बसेको स्थायी कमिटी बैठकले आगामी चुनाव एक्लै लड्ने र राष्ट्रिय सभामा पनि आफ्नै उम्मेदवार अगाडि सार्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘माओवादीको केन्द्रीय कमिटी बैठक, विधान अधिवेशनमा स्पष्ट भनिसकिएको छ– अब आउने चुनावमा हाम्रो पार्टीले स्वतन्त्रतापूर्वक नै एक्लै प्रतिस्पर्धा गर्नेछ । यो कार्यनीतिक र रणनीतिक विषय हो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘तर, हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ । अब आउने चुनावका लागि एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ भनेका छौं । फेरि पनि भन्न चाहन्छु, गठबन्धन गर्ने/नगर्ने भन्ने तात्कालिक परिस्थितिअनुसार गर्ने कार्यनीतिक विषय हो ।’ 

Vianet communication
Laxmi Bank

माओवादीको मंगलबार र बुधबार बसेको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले राष्ट्रिय सभामा आफ्नै उम्मेदवार अगाडि सार्नुपर्ने बताएका थिए । 

कांग्रेसले कोशीमा पटक–पटक धोका दिएको, सत्ता गठबन्धनविरोधी निर्णय गरेको, माओवादी जनयुद्धलाई अपमान गर्नेगरी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्तावमा विषय उल्लेख गरेकोजस्ता विषयले माओवादी असन्तुष्ट छ । 

सोमबार स्थायी कमिटी बैठकमा प्रचण्ड

एकातिर सरकारले चालेको सुशासनको अभियानमा असहयोग गर्ने, अर्कातिर चुनावमा धोका र मन्त्री फेरबदलमा समेत कांग्रेसले किचलो गरेपछि माओवादीमा कांग्रेससँगको गठबन्धनबारे पुनर्विचार गर्नैपर्ने मत बलियो भएको नेताहरू दाबी गर्छन् ।

माओवादीको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष प्रचण्डले अहिलेको सरकार कांग्रेसले नबनाएको भन्दै गठबन्धनको विषय विचारणीय भएको बताएका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा झन् झस्किन पुगेका छन् । 

महासमिति चल्दै गर्दा र पछि पनि देउवाले प्रधानमन्त्रीसँग भेट गर्दै गठबन्धन तलमाथि नहुने आश्वासन पटक–पटक दिएका छन् । तर, माओवादी आश्वस्त हुन सकेको छैन । महासमिति बैठकमा चुनावी तालमेलको विरोध, गठबन्धनको विरोध र सरकारले काम गर्न नसकेको भन्दै इतर पक्षले ठूलो इस्यु बनाएको विषयलाई पनि माओवादीले नजिकबाट हेरिरहेको छ । 

यसैले स्थायी कमिटीमा धेरै सदस्यहरूले माग गरेपछि अध्यक्ष प्रचण्डले पनि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने बताएको माओवादी नेता देवेन्द्र पौडेलले बताए ।

‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने बताउनु भएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘दाबी छाड्न हुँदैन भन्नेमा सबैको एकमत छ । यसैले माओवादीले अध्यक्षमा उम्मेदवार अगाडि सार्छ ।’ 

माओवादीले उम्मेदवारी दिएकै कारण गठबन्धन टुट्ने अवस्था नआउने पौडेलको जिकिर छ । 

‘सकेसम्म हामी गठबन्धन टुट्न दिँदनौं, तर टुटे टुट्छ,’ पौडेलले लोकान्तरसँग भने, ‘चुनावमा गठबन्धन नगर्ने भनेर निर्णय त उहाँहरू (कांग्रेस)ले नै गर्नुभएको हो ।’

माओवादी प्रवक्ता सापकोटाले राष्ट्रिय सभामा उम्मेदवारी दिने आफूहरूको निर्णय भएको बताए ।

‘कांग्रेसले के गर्छ, त्यो उसको कुरा हो । हामीले हाम्रो कुरा गर्ने हो । स्थायी कमिटीबाट हामीले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ सापकोटाले हाँस्दै लोकान्तरसँग भने, ‘गठबन्धनमा भएको हिसाबले अन्तिममा निर्णय होला नि !’

अर्कोतिर सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले पनि राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने तयारी गरेको छ ।

फागुन २९ गते हुने राष्ट्रिय सभा निर्वाचनअगाडि सत्ता गठबन्धन दलकै दुई प्रमुख दलले उम्मेदवार अगाडि सार्ने तयारी गरेपछि गठबन्धनमा खैलाबैला आउने देखिएको छ । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आउन अझै समय बाँकी भएकाले गठबन्धन दलबीच छलफल हुनै बाँकी रहेको बताउँछन् । 

‘चुनाव नआउँदासम्म सबै दलले उम्मेदवार अगाडि सार्छौं भन्नु र निर्णय गर्नु राजनीतिक विषय हुन् । माओवादीले अगाडि सारे हामी पनि उम्मेदवार अगाडि सार्छौं,’ लेखकले भने, ‘तर राष्ट्रिय सभाका नयाँ सदस्यले सपथ लिनै बाँकी छ । चुनाव आउनै बाँकी भएकाले गठबन्धनको बैठक सारेर कुरा गर्नै बाँकी छ । अहिले नै अन्तिम भइसकेको छैन । अन्तिममा कुरा गर्दा गठबन्धन दलबीच नै कुरा मिल्छ भन्ने हाम्रो विश्वास छ ।’ 

कांग्रेस सभापति देउवा

गठबन्धन टुटाउन एमालेका सबै अस्त्र

१० पुसमा आफूले बनाएको सत्ता गठबन्धन कांग्रेसले टुटाएपछि एमाले जसरी हुन्छ अहिलेको गठबन्धन टुटाउने प्रयत्नमा छ । पार्टी बैठकबाट औपचारिक निर्णय गर्दै एमालेले गठबन्धन टुटाउने चेतावनी दिएको छ । यसैले गठबन्धनमा कांग्रेस र माओवादीबीच किचलो बढिरहेका बेला हुन लागेको राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र वैशाख १५ मा इलाम २ मा हुन लागेको उपनिर्वाचनलाई प्रयोग गर्ने तयारीमा एमाले देखिन्छ ।

आफूहरूले बनाएको प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिँदै राष्ट्रपति पनि आफ्नो पोल्टामा पारेपछि एमाले अघिल्लो वर्ष सरकारबाट बाहिरिएको थियो । गुमेका सत्ता फर्काउन एमालेले सबै विकल्प खुला राखेको हो । 

गठबन्धन टुटाउन माओवादी तयार हुने शर्तमा अध्यक्ष माओवादीलाई दिन र उपनिर्वाचनमा पनि इलाममा माओवादीलाई समर्थन गर्न समेत पछि हट्न नहुने मत एमालेमा रहेको नेताहरू बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले त पछिल्लो समय प्रधानमन्त्रीसँग पटक–पटक वार्ता गर्दै आएका छन् । उनीहरूबीच प्रस्ट सहमति भइनसके पनि मिलेर जाने गरी आधार बनिरहेको दाबी पार्टी स्रोतको छ । 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ माओवादी ठूलो पार्टी भएपछि राष्ट्रिय सभा अध्यक्षमा उसको दाबी स्वाभाविक हुने बताउँछन् । 

‘राष्ट्रिय सभामा निरन्तर घट्दै गएर हामी ८/९ सिटमा आइपुगेका छौं । जित्न सक्ने गरी हामीसँग मत छैन । यसैले ठूलो पार्टी माओवादी भएकाले यसैले अध्यक्ष पाउनुपर्छ भन्ने हाम्रो मत छ,’ गुरुङले लोकान्तरसँग भने, ‘यद्यपि एमालेले निष्कर्ष निकालिसकेको छैन ।’ 

फेरि माओवादीसँग मिल्ने तयारी गरेको हो भन्ने प्रश्नमा गुरुङले अहिलेको गठबन्धन प्राकृतिक नभएको बताए । ‘अहिलेको गठबन्धन प्राकृतिक नभएरै एकपछि अर्को तनाव आइरहेका हुन् । राष्ट्रिय सभा अध्यक्षमा पनि किचलो देखिइरहेको छ,’ गुरुङले भने, ‘यही विषयमा गठबन्धन टुट्ने अवस्था आए इलामसहितमा हुने उपनिर्वाचनमा समेत माओवादीसँग मिल्ने कुरा हुन सक्छ । तर, एमाले केन्द्रीय कमिटीमा यो विषयमा छलफल भएको छैन । राजनीतिमा हरेक विकल्पको सम्भावना हुन्छ ।’

कांग्रेसमा चुनावी गठबन्धनविरोधी मत बलियो रूपमा प्रकट भएकाले एमालेले पनि वाम दलबीच एकता गरेर अर्को चुनावमा जाने लोभ माओवादीलाई देखाउँदै आएको छ । साथै, कांग्रेससँगको चुनावी तालमेलभन्दा एमालेसँग गरिएको तालमेलले फाइदा भएको बुझाइ माओवादीको छ । यसैले ढिलो गरेर भन्दा अहिले नै समीकरण अलग गरेर जानुपर्ने मत माओवादीमा बढ्दै गएको छ । एमालेले मिल्ने भए अहिलेदेखि नै मिल्नुपर्ने दबाब माओवादीसामु सिर्जना गर्दै आएको छ ।

एमाले अध्यक्ष ओली

राष्ट्रिय सभामा कसको शक्ति कति ? 

फागुन २० पछि ५९ (मनोनीत हुन बाँकी रहेकाले ५८) सदस्यीय राष्ट्रिय सभामा माओवादी १७ सीटसहित पहिलो दलका रूपमा रहने छ ।

कांग्रेसका १६, एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जसपाका ३ तथा राष्ट्रिय जनमोर्चा र लोसपाका १–१ सदस्य हुनेछन् । यसबाहेक मनोनीत २ जनामा एकजना प्रचण्डका भाइ नारायण दाहाल हुन् भने अर्का वामदेव गौतम छन् ।

राष्ट्रिय सभा अध्यक्ष जित्न ५९ को बहुमत अर्थात् कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ । यस्तोमा आफूबाहेक १३ सीट आवश्यक पर्ने देखिन्छ ।

कांग्रेसले समर्थन नगरे पनि गठबन्धनकै अन्य दलको समर्थन लिएर चुनाव जित्ने दाबी माओवादीले गर्दै आएको छ । त्यसो त राष्ट्रिय सभामा सघाउने भनेर एमालेले प्रचण्डलाई बचन दिइसकेको दाबी नेताहरूले गर्दै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x