
काठमाडौं, २३ असोज– नयाँ बानेश्वरमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
अध्यक्ष गौचनमाथी तीन गोली प्रहार भएको थियो । गोली लागेसँगै गौचनलाई बानेश्वर मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो । टाउको, बायाँ कोखा, छातीमा गोली लागेका गौचनको गोली झिके लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शान्तिनगरको खरीबोट भन्ने ठाउँमा मोटरसाइकलमा आएका दुईजनाले अध्यक्ष गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रहरी स्रोतका अनुसार २–३ सय मिटर अगाडिबाट गौचनमाथि गोली प्रहार भएको थियो ।
गौचनको शव निजामती अस्पतालबाट पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिने तयारी गरिएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौचनमाथी चाइनीज पेस्तोलबाट गोली चलाइएको थियो । उनमाथी लागेको चीन गोली ६ एम एमको भएको प्रहरीले जनाएको छ ।

गौचनको हत्या भएसँगै उनका परिवार शोकमा परेका छन् । भने शान्तिनगरका स्थानीय त्रसित भएका छन् ।
