११ साउन २०८३, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सिलाई कटाईका लागि मशिन हस्तान्तरण

फागुन २५, २०८०
काठमाडौं
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सिलाई कटाईका लागि मशिन हस्तान्तरण

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र नवलपरासीलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मध्यविन्दु ३ मा रहेको केन्द्रलाई सिलाई कटाई तालिम सञ्चालनका लागि १० थान मशिन तथा सोसँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

केन्द्रको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्नका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सूर्यज्योतिले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तीय साक्षरता, सीपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनसम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षासम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

null

फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बरबहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरू सहित रोटरी क्लब नवलपरासीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाले सामग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतिको बाटोमा बढाउन सकिने बताए ।

तालिम सञ्चालन गर्न सूर्यज्योतिले दिएको साथका लागि उनले आभार प्रकट गरे ।

salt training

कमेन्ट गर्नुहोस्