१० साउन २०८३, आइतबार
सुदूरमा नयाँ समीकरण

सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिको गठबन्धन

फागुन २५, २०८०
काठमाडौं
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिको गठबन्धन

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले गठबन्धन गरेका छन् ।

केन्द्रमा गठबन्धन भत्किएसँगै सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा परे । यससँगै उनले नयाँ गठबन्धन बनाएका हुन् ।

नेकपा (माओवादी केन्द्र)ले साथ छोडेपछि उनले नागरिक उन्मुक्तिको साथ लिएका छन् । यससँगै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका तर्फबाट शुक्रवार तीनजना मन्त्री थपेका हुन् । संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिलामन्त्री, खुसीराम चौधरी विना विभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

null

अल्पमतमा परेका मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्मा स्वतन्त्र सांसद डा तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खेमादेवी विष्टलाई पनि समावेश गर्ने गरी सहमति जुटेको बताइएको छ ।

यी सांसदले साथ दिएका मुख्यमन्त्री शाह सुरक्षित हुनेछन् । यसर्थ उनी मन्त्रालय फुटाए भएपनि उनीहरूलाई समेट्ने पक्षमा लागेको स्रोतको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्