०८ साउन २०८३, शुक्रबार

भरुवा बन्दुकसहित एक व्यक्ति घरबाटै पक्राउ

फागुन २६, २०८०
काठमाडौं
भरुवा बन्दुकसहित एक व्यक्ति घरबाटै पक्राउ
फाइल तस्वीर ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित शनिवार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् । 

प्रहरीले उनलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित उनलाई पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्