०२ साउन २०८३, शनिबार
मन्त्रिपरिषद् विस्तार

जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

फागुन २७, २०८०
काठमाडौं
जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । यस्तै वन तथा वातावरण मन्त्रालयमा नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्रीको रूपमा दीपक कार्कीले नियुक्ति पाउने छन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा र नेकपा (एकीकृत समाजवादी) सम्मिलित पाँच राजनीतिक दलको गठबन्धन बनेसँगै अब सरकारले विश्वासको मत पाउने निश्चित भएको छ । 

यसर्थ प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

यादवसहित तीन मन्त्रीले आजै शपथ खाने कार्यक्रम रहेको छ । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय हुनेछ ।

नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्