०८ साउन २०८३, शुक्रबार

सुनको मूल्य तोलामा ६ हजार बढ्यो

फागुन २७, २०८०
काठमाडौं
सुनको मूल्य तोलामा ६ हजार बढ्यो

एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुुव्रmबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुुव्रmबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा मूूल्य बढेकाले त्यसको प्रभाव  स्थानीय  बजारमा  पर्न  गएको  हो  ।  नेपाल  सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।
यस्तै मङ्गलबार पुुनः बढेर एक लाख २३ हजार  रुपियाँ  पुुगेको  महासङ्घले  जनाएको  छ  । 
 बुधबार एक लाख २३ हजार पाँच सय रुपियाँ पुुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख २५ हजार रुपियाँ पुुगेको छ । फागुुन लागेसँगै बजारमा सुनको मूूल्य निरन्तर बढ्दै गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्