राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आइतबार पनि बस्ने तय भएको छ ।
बैठक आइतबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । राप्रपाले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।