०३ असार २०८३, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्प्सनबीच भेटवार्ता, अमेरिकी लगानी भित्र्याउन आग्रह

फागुन २७, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्प्सनबीच भेटवार्ता, अमेरिकी लगानी भित्र्याउन आग्रह

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानी मैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे ।

साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्