२२ असार २०८३, सोमबार
माओवादी पदाधिकारी बैठक

नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय

फागुन २७, २०८०
काठमाडौं
नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय

माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाएको छ ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी बालुवाटार स्रोतले दियो । दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

उम्मेदवारमा ६ वर्ष कार्यकाल भएका झक्कुप्रसाद सुवेदीको चर्चा भए पनि ४ वर्ष कार्यकाल भएका दाहाललाई माओवादीले उम्मेदवार बनाएको हो ।

यता नेपाली कांग्रेसले भने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्मालाई उठाउने निर्णय गरेको छ ।

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि भोलि बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्