२८ असार २०८३, आइतबार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने

फागुन २९, २०८०
काठमाडौं
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नदिने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले कुनै पनि उम्मेदवारलाई भोट नदिने भएको छ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले कुनै पनि उम्मेदवारलाई भोट नदिने बताएका हुन् । 

‘सहमतिको आधारमा चुनाव हुनुपर्ने हो । नियमावलीले पनि यही भन्छ । तर दुई उम्मेदवार खडा हुनुभएको छ । देशको राजनीतिक स्थिति जहाँको त्यहीँ छ,' उनले भने, 'सत्ता गठबन्धनको अनेक प्रयास भएका छन् ।  नयाँ गठबन्धनले राम्रो काम गरोस् । यस्तो परिस्थितिमा दुवै पक्षमा भोट नहाल्ने निर्णय गरेका छौं । नो भोटको स्थितिमा छौं’ उनले भने, ‘आगामी दिनमा देशको परिस्थितिलाई पार्टीभन्दा माथि उठेर जनताको समस्याबारे अध्यक्षले काम गर्नुहोला ।’

राष्ट्रिय सभामा राजमोका एक सदस्य मात्रै छन् ।

salt training

कमेन्ट गर्नुहोस्