३१ असार २०८३, बुधबार
अध्यक्षको निर्वाचन

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

फागुन २९, २०८०
काठमाडौं
राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल विजयी भएका छन् । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो । 

उनको पक्षमा ३९ र विपक्षमा १७ मत पर्‍यो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय सभामा दाहाललाई माओवादी, एमाले, जसपा र नेकपा एसका सांसदले समर्थन गरेका हुन् । 

यसअघि कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए ।  शर्मालाई कांग्रेस र लोसपा सांसदले मत दिएका हुन् ।

विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्