१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन जसपाको ह्विप

फागुन २९, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन जसपाको ह्विप

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

उपेन्द्र यादवले बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । जसपाको प्रतिनिधिसभामा १२ सांसद छन् । 

प्रधानमन्त्रीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । 

प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाको १२ र नेकपा एकीकृत समाजवादीका १० सांसदको समर्थन प्रधानमन्त्रीलाई हुने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्