
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको भन्दै आफूहरूले यसलाई भत्काउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रतिनिधि सभाको बैठकको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘राजा, हिन्दु धर्मलाई गाली गरेर वाहवाही पाइँदैन । तर तपाईंहरूले गलत गर्दै हुनुहुन्छ’, लिङ्देनले भने, ‘ गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छ । यसको विरुद्धमा उत्रिन्छौं । हामी अल्पमतमा छौं । जुन दिन हैसियत पुग्छ भत्काउँछौं ।’
पुराना दलका नेताहरूले भ्रष्टाचारमा डुबेको आरोपसमेत उनले लगाए ।
अघिल्लो वर्ष आफूसमेत सहभागी हुँदा प्रधानमन्त्रीले समीकरण फेरबदल गर्न खोज्दा सचेत गराए पनि अहिलेसम्म पनि उस्तै शैली देखाउनु बिडम्बना भएको उनले बताए ।