×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई संसद्को विश्वास

प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत : पक्षमा १५७ र विपक्षमा ११० मत

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका हुन् । विपक्षमा ११० मत पर्‍यो । बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा प्रचण्डले १९ मत बढी पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२६८ सांसद उपस्थित भएकोमा १ सांसदले पक्ष/विपक्ष कतै पनि मत दिएनन् ।


Advertisment
Nabil box
Kumari

प्रचण्डलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मत दिएका थिए । 

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले संसद्मा तेस्रोपटक विश्वासको मत लिएका हुन् । 

यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले २७५ मध्ये २६८ सांसदको समर्थन पाएका थिए ।

२०७९ चैत ६ गते प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले संसद्का १७२ सांसदको समर्थन पाएका थिए । 

नेकपा एमालेसहितका दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x