
राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।