०३ असार २०८३, बुधबार

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रण भएन

चैत १, २०८०
बाग्लुङ
बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रण भएन

 बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् । 

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निमाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए । 

    मान्द्रेढुङ्गाबाट सुरु भएको आगो सारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए । आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्