
भोजपुरको हतुवागढी गाउँपालिकाले आज शोक बिदा दिएको छ । बिहीबार जीप दुर्घटनामा ८ जनाको ज्यान गएपछि गाउँपालिकाले आज शोक बिदा दिएको हो ।
दुर्घटनामा एकै परिवारका ३ सहित हतुवागढीका ७ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट मृत्यु हुने ८ मध्ये ७ जना हतुवागढी गाउँपालिकाका हुन् ।
'दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरू अधिकांश हतुवागढी गाउँपालिकावासी रहेकोले दुःखद् दुर्घटनाप्रति शोक व्यक्त गर्दै मिति २०८०।१२।०२ गते शुक्रबारका दिन हतुवागढी गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरूमा १ दिन शोक बिदा दिने निर्णय (अध्यक्षस्तरीय) भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौं,' गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
सुनसरीको इटहरीबाट भोजपुरतर्फ आउँदै गरेको को १ ज. २५९३ नं. को बोलेरो जीप बिहीबार बेलका नगरपालिका-७, मैनामैनीमा दुर्घटना भएको थियो ।