
धनुषाको जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी औरही नगरपालिका-३ का ३६ वर्षीय रामप्रवोध मण्डल छन् । उनलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट १६ लाख ९२ हजार १ सय ५० रुपैयाँ बरामद भएको छ।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।