
डाबर बाटिका स्याम्पूले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल– २०२४ को टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर बाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।
पछिल्ला केही वर्षमा डाबर बाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमूना बनेको डाबर नेपालका मार्केटिङ हेड अभयप्रसाद गोर्खालीको भनाइ छ । शीर्षक प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै उनीहरूलाई सामथ्र्यवान बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए ।
‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपना पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं,’ उनले थपे ।
प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित भन्छन्, ‘मिस नेपाल– २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं । हामी अनगिन्ति व्यक्ति र समुदायलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं ।’
‘डाबर बाटिका न्याचुरल स्याम्पूले उपभोक्तालाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधान भएको प्राकृतिक स्याम्पूहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ,’ कम्पनीले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डाबर वाटिका प्राकृतिक स्याम्पू तीन प्रकारमा उपलब्ध छन् । कालो कपालको लागि ब्ल्याक साइन स्याम्पू, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ्ग स्याम्पू र डन्डीफाेरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पू । प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।