२६ असार २०८३, शुक्रबार

बहराइनविरुद्ध नेपालको फराकिलो हार

चैत ९, २०८०
काठमाडौं
बहराइनविरुद्ध नेपालको फराकिलो हार

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली फराकिलो अन्तरले बहराइनसँग पराजित भएको छ ।

शुक्रबार बिहान बहराइनको रिफ्फा सहरस्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको हो। 

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १/१ गोल गरे।

पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो । 

समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। 

समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन छ।

नेपालले अब अर्को खेलमा बहराइनविरुद्ध नै मार्च २७ का दिन खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्