२७ जेठ २०८३, बुधबार
नागरिकको उद्धार

म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ नेपालीको थाई दूतावासले गर्‍यो उद्धार

चैत ९, २०८०
काठमाडौं
म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ नेपालीको थाई दूतावासले गर्‍यो उद्धार

थाइल्यान्डसँगको सीमानजिक पर्ने म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ जना नेपालीको उद्धार गरिएको छ ।

विगत लामो समयदेखि समस्यामा परेका उनीहरूलाई थाई परराष्ट्र मन्त्रालय र थाई इमिग्रेसन ब्युरोको सहयोगमा उद्धार गरिएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

म्यानमारको यांगोनमा रहेको नेपाली राजदूतावाससमेतको समन्वयमा आफ्नो लामो प्रयासपश्चात् उक्त क्षेत्रबाट उद्धार गरी नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने कार्य सम्पन्न भएको थाइल्यान्डस्थित नेपाली दूतावासले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

‘राजदूतावासले कर्मचारी खटाइ १३ जना नेपाली नागरिकलाई थाई–म्यान्मार सीमा पार गराएर थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रामार्फत बैंकक हुँदै शुक्रवार नै काठमाडौं पठाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्