२९ असार २०८३, सोमबार

भारतीय दूतावासले मनायो ५९औं आइटेक दिवस

चैत १०, २०८०
काठमाडौं
भारतीय दूतावासले मनायो ५९औं आइटेक दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासले ५९औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । भारत–नेपाल क्षमता अभिवृद्धि साझेदारीमा भएका प्रगति चिनाउन दूतावासले शुक्रबार ५९औं आइटेक दिवस मनाइएको हो । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका सांसद, सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थाका प्रमुखलगायत करिब ३०० जना अतिथिको उपस्थिति थियो । कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले मनमोहक ओडीसी नृत्य प्रस्तुत गरेको थियो । 

null

आइटेक दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए । सन् २०२३–२०२४ मा नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको उनले जानकारी दिए । नेपालका सरोकारवालाहरूको रुचिलाई ध्यानमा राख्दै आइटेकअन्तर्गत प्रशासक, रेल्वे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरू ल्याइने उनले बताए । 

null

कार्यक्रममा सहभागी एम्सका पूर्वविद्यार्थी एवम् प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले पनि विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थिए । 

null

वरिष्ठ आइटेक अलम्नाइ तथा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अवकाश प्राप्त सचिव दिनेश घिमिरे, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोषकुमार ढकाल प्यानल छलफलमा सहभागी भएका थिए । कार्यक्रममा उनीहरूले आ–आफ्नो आइटेक अनुभवबारे बताएका थिए । 

सन् २०२३–२०२४ मा नेपालका ४४४ पेशाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूमा विभिन्न कोर्षमा तालिम दिइएको थियो । जलस्रोत व्यवस्थापन, जलविज्ञान, आदि विषयमा दुई वर्षे एमटेक अध्ययन गर्न नेपाल सरकारका ३० जना इन्जिनियर भारतीय प्रौद्योगिकी संस्थान रुड्कीमा भर्ना भएको दूतावासले जनाएको छ । 

null

दूतावासका अनुसार आइटेकअन्तर्गत नेपालका युवा थिङ्क ट्याङ्क/अनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टीफन्स कलेजमा नेबरहुड–फर्स्ट फेलोशिप कार्यक्रममा भाग लिएका थिए । ५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका १५ जना सदस्य, नेपाल पुलिसका १८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्षको व्यवस्था गरिएको थियो ।

घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रूपमा रहेको छ । विगत १५ वर्षमा मात्रै नेपालका २००० भन्दा बढी अधिकारीलाई आइटेकअन्तर्गत तालिम दिइएको दूतावासले जनाएको छ ।

यो कार्यक्रम सन् १९६४ मा सुरु भएको थियो । यसलाई नेपाललगायत १६० भन्दा मुलुकका दुई लाखभन्दा बढी सरकारी अधिकारी, पेशाकर्मी र वरिष्ठ उद्योग प्रतिनिधिहरूले उपयोग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्