३१ असार २०८३, बुधबार

मस्कोको कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु

चैत १०, २०८०
काठमाडौं
मस्कोको कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु

रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारीमा ६० जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा बालबालिका पनि परेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई आदेश दिएको बताएका छन् ।

अनलाइनमा देखिएका अपुष्ट कथनहरूका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्