२० असार २०८३, शनिबार

सुरक्षित आवासका लागि पालिकाको अनुदान

चैत १०, २०८०
कञ्चनपुर
सुरक्षित आवासका लागि पालिकाको अनुदान

गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो ।​​

कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा प्रथम किस्ताबापत एक सय ११ परिवार,  दोस्रो चरणमा ५५ परिवार र तेस्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

छाना फेर्न अधिकतम रु ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता बापत सो रकम प्रदान गरिएको हो ।

शहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्