२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीले गरे दोसल्ला ओढाएर सचिवहरूको विदाइ

चैत १२, २०८०
काठमाडौं
प्रधानमन्त्रीले गरे दोसल्ला ओढाएर सचिवहरूको विदाइ

लामो समय सेवामा संलग्न भइ सचिव पदबाट सेवा निवृत्त भएका कर्मचारीहरूको सोमवार विदाइ गरिएको छ ।

सिहरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका १२ सचिवलाई दोसल्ला ओढाएर सम्मान गरे ।

सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाईं, केवलप्रसाद भण्डारीलगायत रहेका छन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताए । 

सेवा निवृत्त सचिव गुरागाईंले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरीकन निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले आगामी दिनमा पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा देशको सेवा गर्ने प्रतिबद्धता जनाइन् । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका थिए । 

प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरूको नियमित बैठकमा सोमवार उनले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।

‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानूनबमोजिम काम गर्न डराउनु पर्दैन,’ कर्मचारीलाई ढाडस दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँकतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।’

salt training

कमेन्ट गर्नुहोस्