२७ जेठ २०८३, बुधबार
सवारी दुर्घटना

मुगुमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ४ घाइते

चैत १४, २०८०
काठमाडौं
मुगुमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ४ घाइते

गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र  पहिचान नखुलेका  एक महिला रहेकी छिन् ।  यस्तै घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली पनि छन् ।

घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै  गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्