२८ जेठ २०८३, बिहीबार

मालपोत कार्यालय गुलरिया एक महिनादेखि प्रमुखविहीन, कामकाज प्रभावित

चैत १५, २०८०
बर्दिया
मालपोत कार्यालय गुलरिया एक महिनादेखि प्रमुखविहीन, कामकाज प्रभावित

बर्दियाको गुलरियास्थित​ भूमिसुधार तथा मालपोत कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । करिब १ महिनादेखि प्रमुख नहुँदा कार्यालयका भूमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले जानकारी दिए।

उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । उनले भने, 'भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुख टुंगो लगाएको छैन ।'

निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख नहुँदा भूमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प रहेको जानकारी विभागलाई गराएको जानकारी दिए । उनले भने, 'यस विषयमा सीडीओ सा'बलाई समेत भेटेर जानकारी गराएको छु।’

यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेको उनले बताए । 

निमित्त कार्यालय प्रमुख तिवारीले प्रमुख तोक्न फाइल भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा समेत पठाएको बताए ।

कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् । सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाइरहेको सेवा लिन मालपोतमा आएका मधुवन नगरपालिका वडा नम्बर ७ का सेवाग्राही रमेश थारूले बताए ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्यत्र गएपछि विभागले अर्को कार्यालय प्रमुख अहिलेसम्म पठाएको छैन । जिल्लाकै बढी भिडभाड हुने मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको अर्का एक कर्मचारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्